
झापा, ७ भदौ– झापाको अर्जुनधारामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
अर्जुनधारा नगरपालिका–९ का २४ वर्षीय अमृत रेग्मीको करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ । उनकी श्रीमती २२ वर्षीया ममता रेग्मी घाइते भएकी छन् ।
ममतालाई करेन्ट लागेपछि बचाउने क्रममा उनका श्रीमानको ज्यान गएको झापा प्रहरीले जनाएको छ ।
करेन्ट लागेर घाइते भएका दुवैलाई उपचारका लागि अस्पताल लाने क्रममा अमृतको बीच बाटोमै मृत्यु भएको हो । ममताको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।
इलाम स्थायी घर भएका रेग्मी पछिल्लो समय अर्जुनधारा–९ कटहरडाँडामा बस्दै आएका थिए ।