कुखुराको खोरमा चितुवा पसेर मानिसमाथि आक्रमण

काठमाण्डु टुडे २०८० भदौ ७ गते ८:०७ मा प्रकाशित

काठमाण्डु, ७ भदौ– काठमाण्डुको कीर्तिपुरस्थित थापागाउँमा चितुवा आक्रमणमा एक जना घाइते भएका छन् ।

कीर्तिपुर–४ स्थित एक कुखुरा फार्मभित्र पसेको चितुवाले कुखुरा कुर्न बसेका व्यक्तिमाथि आmत्रमण गरेको प्रहरीले जनाएको छ ।

कीर्तिपुर–४ का वडाअध्यक्ष दिनेशचन्द्र दाहालले चितुवालाई खोरभित्र थुनिएको बताए । चितुवाको उद्धारका लागि डिभिजन वन कार्यालयलाई खबर गरिएको दाहालले जानकारी दिए ।

वन कार्यालयले डार्टसहितको प्राविधिक टोली कीर्तिपुरतर्फ हिंडेको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us