
बारा, ७ भदौ– बाराको जितपुरसिमरामा तीर्थयात्री सवार बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ ।
काठमाण्डुबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेस प्रदेश–०३–००१ख७९९४ नम्बरको बस बुधबार राति १ बजेतिर जितपुर सीमारा उपमहानगरपालिका–२२ चुरियामाईमा दुर्घटना भएको हो ।
दुर्घटनामा मृत्यु हुनेमा चार महिला र तीन पुरुष छन् । इलाका प्रहरी कार्यालय सिमराका डीएसपी प्रदीपबहादुर क्षेत्रीले मृतकमध्ये ६ भारतीय नागरिक र एक नेपाली रहेको बताए । बसमा चालकसहित २७ यात्रु सवार थिए ।
दुर्घटनामा १९ जना घाइते भएका छन् । घाइतेको हेटौंडाको चुरेहिल अस्पताल र हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।