संसद अवरोधको छानबिन हुनुपर्छः चित्रबहादुर केसी

काठमाण्डु टुडे २०८० भदौ ६ गते १८:३१ मा प्रकाशित

काठमाण्डु, ६ भदौ– राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले संसद बन्द गर्ने र खुलाउने विषयमा गम्भीर छानबिन हुनुपर्ने माग गरेका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दे केसीले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा प्रकरण, सुन तस्करी प्रकरणको छलफल संसदमा हुनुपर्ने बताए ।

‘संसद कसले बन्द गर्यो ? कसले खोल्यो भन्ने विषयमा गम्भीर छानबिन हुनुपर्छ’, केसीले भने, ‘नेपाली जनता बाढीपहिरोबाट मरिरहेका छन् । महँगीले जनताको ढाड भाँचिएको छ । दस रुपैयाँको टमाटरको भाउ सय रुपैयाँ कटेको छ ।

नक्कली भुटानी शरणार्थी बनाउने, ललिता निवासको जग्गा बेच्नेहरूको विषयमा छलफल गर्नुपर्दैन ?’

प्रधानमन्त्री पुष्पकमल दाहाललाई ९९ प्रतिशतले समर्थन गर्दा आफू तीन छक परेको उनको भनाइ थियो । तर, बजेट पास गर्ने समयमा सरकार झण्डै ढलेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us