
काठमाण्डु, ६ भदौ–कांग्रेस नेता डा. शेखर कोइरालाले शीर्ष नेतोल बालुवाटार बसेर संविधानविरोधी निर्णय गर्ने गरेको आरोप लगाएका छन् ।
गृहजिल्ला मोरङको सुन्दरहरैचामा बुधबार आयोजित कार्यक्रममा कोइरालाले नेताहरुको असंवैधानिक क्रियाकलापका कारण मुलुक भयावह दुर्घटनाको निकट पुगेको बताए ।
कोइरालाले आफ्नै दल नेतृत्वको कोशी प्रदेश सरकार असंवैधानिक रहेको औंल्याए । यसअघि नै अदालतले यसैगरी बनेको उद्धब थापा नेतृत्वको प्रदेश सरकार खारेज गरेको स्मरण उनले गराए ।
‘अदालतले जे नगर्नु भन्यो शीर्ष नेताहरू बसेर फेरि त्यही गर्नुभयो’, उनले भने, ‘यो संविधान र अदालतमाथिको बलमिच्याईं हो ।’