
oli काठमाण्डु, ५ भदौ– एमाले अध्यक्ष केपी ओली अस्वस्थ भएका छन् ।
ओलीलाई उच्च ज्वरो आएको एमालेका एक नेताले जानकारी दिए । ‘उहाँलाई बेसरी ज्वरो आएकोले सिटामोल खाएर आराम गरिरहनुभएको छ’, ती नेताले भने ।
स्वास्थ्यमा समस्या आएको भन्दै ओली मंगलबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा अनुपस्थित भए ।
एमालेको मागअनुसार ६० केजी सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय न्यायिक समिति गठन गर्ने सहमति दलहरुबीच सोमबार राति भएको थियो । बैठकमा आयोग गठनबारे लिखित सहमति गर्ने गर्ने एजेण्डा थियो ।
ओलीको अनुपस्थितिमा कुनै सहमति नगर्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठको सपथग्रहण सामारोहमा सहभागी हुन हतिलनिवास हिंडेको एक शीर्ष नेताले बताए ।