पूर्णबहादुर खड्काले किन बोलाए काँग्रेस मन्त्रीहरुको छुट्टै बैठक ?

काठमाण्डु टुडे २०८० भदौ ५ गते १७:२७ मा प्रकाशित

काठमाण्डु, ५ भदौ– पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा सहभागी कांग्रेस मन्त्रीहरूको मात्र बैठक बसेको छ ।

सिंहदरबारस्थित रक्षा मन्त्रालयमा काँग्रेस मन्त्रीहरुको छुट्टै बैठक बसेको हो । बैठकको संयोजन उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले गरेका छन् ।

काँग्रेस उपसभापति खड्काको नेतृत्वमा सरकारमा सहभागी छ । पार्टीका मन्त्रीहरुको मात्र छुट्टै बैठक बस्नुको कारण भने खुलेको छैन । श्रोतका अनुसार बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतबाहेक सबै सहभागी छन् ।

महत एक कार्यक्रममा सहभागी हुन क्यानडा गएका छन् । काँग्रेसबाट खड्कासहित अर्का उपसभापति धनराज मन्त्री नेताहरु एनपी साउद परराष्ट्रमन्त्री, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्यामन्त्री, रमेश रिजाल उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री, सीता गुरुङ सहरी विकासमन्त्री, डिगबहादुर लिम्बू युवा तथा खेलकुदमन्त्री र सुरेन्द्र आचार्य महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us