
काठमाण्डु, ५ भदौ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी पङ्क्तिमा आलस्यता, निराशा, निष्क्रियता र पलायनता देखिएको स्वीकार गरेका छन् ।
मंगलबारवसुरू केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै नेपालले पार्टीमै रहेका कतिपय व्यक्तिले पार्टीको बदख्वाइँगरिरहेको बताए ।
‘पार्टी हामीले चाहे जसरी अगाडि बढ्न सकेको छैन । पार्टी पंक्तिमा आलस्यता, निराशा, निष्क्रियता, पलायनता जस्ता कमजोरीदेखिएका छन् । यस प्रकारका कमजोरी देखिनुका विभिन्न कारणहरू छन । सबभन्दा प्रमुख कारण पार्टीमै रहेका कतिपय व्यक्तिहरूबाटपार्टीको बदख्वाइँ गर्ने अनुशासनहीन र अराजक कार्य हो । त्यस्तो कार्य गर्ने केही व्यक्ति पार्टीबाट पलायन भएर गइसकेका छन् । यदिकसैबाट अझै पनि त्यस प्रकारको दुष्कर्म भइरहेको छ भने तुररून्त रोकिनु पर्छ,’ प्रतिवेदनमा छ ।
यस्ता गलत कार्यलाई अब छुट दिन नसकिने उनले चेतावनी दिए । नेताहरुमा पार्टी सिद्धान्त, विचार र दृष्टिकोणको दृढतापूर्वकपक्षपोषण गर्ने आँटको कमी तथा जिम्मेवारी लिने तर वहन नगर्ने प्रवृत्ति बढेको उनको भनाइ छ ।
यस्तै आत्मविश्वासको कमी, पार्टी सानो छ भन्ने लघुताभाष, प्रत्यक्ष रूपमा कुनै लाभ प्राप्त नभएको असन्तुष्टि, विरोधीले फैलाएका भ्रमर सामाजिक सञ्जालमार्फत भएका कुप्रचारको प्रभावले पार्टीलाई नोक्सान भएको उल्लेख गरे ।