खुल्यो नारायणगढ-मुग्लिन सडक
काठमाण्डु टुडे
२०८० भदौ ५ गते १४:३२ मा प्रकाशित
चितवन, ५ भदौ– १७ नारायणगढ– मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ ।
पहिरो खसेर सोमबार राति ८ बजेतिर अवरुद्ध भएको सडक मंगलबार अपरान्ह १ बजेदेखि सञ्चालनमा आएको हो । बन्द सडक खुलाउनरातिदेखि नै डोजर लगाएर पहिरो पन्छाइएको हो ।