अमेरिकी राजदूतले ओलीसँग भेटे, एमसीसी परियोजनाबारे छलफल

काठमाण्डु टुडे २०८० भदौ ५ गते १३:०४ मा प्रकाशित

काठमाण्डु, ५ भदौ– एमाले अध्यक्ष केपी ओलीलाई नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनले भेटेका छन् ।

ओली भेट्न थम्पसन मंगलबार ओलीनिवास बालकोठ पुगेका थिए । भेटमा एमसीसी परियोजना र दुई मुलुकको सम्बन्धका विविध आयामबारे छलफल भएको थियो ।

राजदूतसँगको भेटमा एमाले स्थायी समिति सदस्य एवं विदेश विभाग प्रमुख डा. राजन भट्टराई पनि सहभागी थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us