माधव नेपालको टिप्पणीः हाम्रो छायाँ पर्छ भनेर एमाले राष्ट्रपतिले बोलाएको बैठकमा आएन

काठमाण्डु टुडे २०८० भदौ ५ गते १२:५८ मा प्रकाशित

g]skfsf cWoIf g]kfn
sf7df8f}F, % df3 M
g]kfn sDo’lgi6 kf6L{ -g]skf_ bfxfn–g]kfn ;d”xsf cWoIf dfwjs’df/ g]kfn ;f]daf/ clvn g]kfn dlxnf ;ª3åf/f sf7df8f}Fdf cfof]lht s]Gb|Lo ;ldltsf] k”0f{ a}7s tyf k|lzIf0f sfo{qmdnfO{ ;Daf]wg ub}{ . tl:a/ M /f]zg ;fksf]6f÷/f;;

काठमाण्डु, ५ भदौ–नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठकमा एमाले नआउनुको कारण आफूहरुको उपस्थिति भएको बताएका छन् ।

पार्टी केन्द्रीय समिति बैठकलाई मंगलबार सम्बोधन गर्दै उनले सर्वदलीय बैठकमा आफ्नो पार्टीको छाया परेकाले एमाले नआएको टिप्पणी उनले गरे ।

अवरुद्ध संसद खुलाउन प्रयास गर्ने भन्दै राष्ट्रपतिले मंगलबार बिहान प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेतालाई शीतलनिवास बोलाएका थिए । तर, आलंकारिक राष्ट्रपतिले कार्यसूचीसहित बोलाएको भन्दै एमाले बैठकमा सहभागी भएन । नेपालले एमाले नेतृत्वको चित्त धेरै सानो भएको टिप्पणी गरे ।

‘आज एउटा बैठक राष्ट्रपतिले बोलाउनुभएछ । राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा म पनि गएको थिएँ । तर, थाहा छैन के कारणले हो एमालेका नेताहरू आएनन्’, उनले भने, ‘सम्भवतः त्यहाँ माधव नेपाल, एकीकृत समाजवादीको छायाँ परेको भएर होला आउने काम भएन ।’

उनले आफूहरुको चाहना सबै दलसँग राष्ट्रका साझा विषयमा हातेमालो गरेर अघि बढ्ने रहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us