
बर्दिया, ३२ साउन– बर्दियामा एक पुरुषले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।
बढैयाताल गाउँपालिका–१ सानोडाँफेमका ५० वर्षीय कृपाल सुनारले श्रमीती ४० वर्षीया केशकुमारी विकको हत्या गरेका हुन् ।
बर्दिया प्रहरीका डिएसपी हिक्मतबहादुर बोहोराले घर नजिकै खेतमा घाँस काटिरहेको बेला सुनारले पछाडिबाट धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको जानकारी दिए ।
प्रहरीले सुनारलाई पक्राउ गरेर कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान अघि बढाएको छ ।