नक्कली प्रमाणपत्र पेश गरेर एमबीबीएस अध्ययनरत विद्यार्थी पक्राउ

काठमाण्डु टुडे २०८० भदौ १ गते ९:२१ मा प्रकाशित

काठमाण्डु, १ भदौ– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर एमबीबीएस अध्ययनरत विद्यार्थीलाई पक्राउ गरेको छ ।

आइएससीको नक्कली शैक्षिक प्रमाणपत्र बनाएर एमबीबीएस अध्ययन गरिरहेको भन्दै सिआईबीले नसिम अख्तरलाई चितवनबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धानका लागि काठमाण्डु ल्याउने काम भइरहेको सिआईबीका एक उच्च अधिकारीले जानकारी दिए । अख्तर चितवन मेडिकल कलेजमा एमबीबीएस अन्तिम सेमेष्टरमा अध्ययनरत थिइन् ।

उनले एमबीबीएस अध्ययनका लागि काठमाण्डुको सेन्ट जेभियर्स कलेजबाट आईएससी पास गरेको प्रमाणपत्र पेश गरेको खुल्न आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us