
काठमाण्डु, २५ साउन- नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको कार्यसमितिको बैठक बोलाएका छन् ।
संसदीय दल नेतासमेत रहेका देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका प्रमुख सचेतक र सचेतकहरूलाई बैठकमा बोलाएका हुन्।आज अपरान्ह ४ बजे देउवा निवास धुम्बाराहीमा दलको कार्यासमिति बैठक बस्न लागेको हो ।
उक्त बैठकमा शुक्रबार हुने संसदीय दल बैठकका विषयमा कुराकानी हुने एक नेताले जानकारी दिए।संसदको गतिरोधका विषयमा पनी छलफल हुने उनले बताए ।