सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच पाँचबुँदे सहमति

काठमाण्डु टुडे २०८० साउन २३ गते १३:५४ मा प्रकाशित

काठमाण्डु, २३ साउन- सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच पाँचबुँदे सहमति भएको छ ।

यस सँगै संघर्ष समितिले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको छ । २०६३ चैत ७ मा रौतहटको गौरमा भएको घटनामा मृत्यु भएका र घाइते भएका परिवारका सदस्यहरूसँग छलफलपछि घटनाबारे छानबिन र अनुसन्धान गरेर दोषीलाई कानुनी दायरामा ल्याउन गृह मन्त्रालय सहमत भएको छ ।

घटनामा मृत्यु भएका र २०६५ पुस ९ मा मन्त्रिपरिषद्ले सहिद घोषणा गरेकाहरूको नाम राजपत्रमा प्रकाशित गर्ने सहमति भएको छ । त्यस्तै सो घटनामा मृत्यु भएका तर सहिद घोषणा हुन छुट भएका मृतकलाई सहिद घोषणाको प्रक्रिया अघि बढाउन दुवै पक्ष सहमत भएका छन् ।

२८ जनाको मृत्यु हुने गरी ७ चैत २०६३ मा रौतहटको गौरमा भएको घटनामा संलग्नहरुलाई कारबाही गर्न माग गर्दै संघर्ष समितिले चरणबद्ध आन्दोलन थालेको थियो । संघर्ष समितिले १३ साउनदेखि धर्ना दिनुका साथै प्रदर्शन गर्दै आएको थियो ।

365891231_125258273941214_6692197396715188202_n

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us