‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ : प्रचण्ड र नारायणकाजी ७ प्रदेशका ७ वडामा जाने

काठमाण्डु टुडे २०८० साउन २१ गते १६:२१ मा प्रकाशित

काठमाण्डु,२१ साउन- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी विस्तार तथा शुद्धीकरणका लागि सात वटा प्रदेशका सात वडामा जाने भएका छन।

यस्तै उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि सातै प्रदेशका सात वडामा जाने भएका छन्।काठमाण्डुको कमलादिस्थित प्रज्ञा प्रतिष्ठानमा जारी माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकलाई जवाफ दिँदै अध्यक्ष प्रचण्डले आफूसहितका नेताहरुको जिम्मेवारी तोकिएको र सोहीअनुसार देशभरका वडातहसम्म परिचालित हुने बताए ।

‘म प्रधानमन्त्री भए पनि सात प्रदेशको सात वटा वडाको जिम्मा म लिन्छु भनेको छु। ती वडामा जनताको स्थिति, पार्टीको स्थिति र शहीद परिवारको स्थिति प्रत्यक्ष हेर्ने गरी म नै जान्छु,’ अध्यक्ष प्रचण्डले भने,

‘सातै प्रदेशको सात वटा वडामा गृहमन्त्री भएता पनि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठजी जानुहुन्छ।’आफूहरू नै जाने भए पनि केन्द्रीय सदस्यले भने जिल्ला जान्न भन्न नमिल्ने उनले बताए। ‘अब तपाईंहरू नगएर सक्नुहुन्छ?’ बैठकमा अध्यक्ष प्रचण्डले सोधे।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us