छोरी जन्माउने बित्तिकै आमालाई र्दुइ हजार

काठमाण्डु टुडे २०८० साउन २० गते १७:०३ मा प्रकाशित

कञ्चनपुर, २० साउन– कञ्चनपुरको कृष्णपुर नगरपालिकाले छोरी जन्माउने आमालाई भत्ता दिने भएको छ ।

‘बालिका प्रोत्साहन’ कार्यक्रमअन्तर्गत छोरी जन्माउने आमालाई दुई हजार प्रोत्साहन भत्ता दिने निर्णय भएको उपप्रमुख द्रोपती रानाले जानकारी दिइन् ।

भ्रुण परीक्षण गरी छोरी भए फाल्ने प्रवृत्ति बढेकाले अभियान थालिएको उनको भनाइ थियो । आफूहरुको अभियानले भ्रण हत्या रोक्ने विश्वास लिइएको रानाले बताइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us