
काठमाण्डु ,१८ साउन–काठमाण्डुको बालुवाटारस्थीत ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका दुई जना थुनामुक्त भएका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले पक्राउ गरेका समरजंग कम्पनीका तत्कालीन प्रमुख रमेशकुमार पोखरेल र सिद्धिका खेतान थुनामुक्त भएका हुन।
पोखरेलको स्वास्थ्यको कारण देखाउँदै जिल्ला अदालत काठमाण्डुले हाजिर जमानीमा छाड्न आदेश दिएको सीआईबी प्रवक्ता दिनेशकुमार आचार्यले जानकारी दिए।
उनीहरूलाई बुधबार छाडिएको हो। खेतानले भने आफ्नो नाममा भएको करिब ७ आना जग्गा फिर्ता गर्ने बताएपछि छाडिएको प्रवक्ता आचार्यले बताएका छन् । दुई जना छुटेपछि अब सिआइबीको हिरासतमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ सहीत २० जना रहेका छन।