रास्वपाले बोलायो संसदीय दल बैठक

काठमाण्डु टुडे २०८० साउन १५ गते ८:१४ मा प्रकाशित

काठमाण्डु, १५ साउन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दैछ ।

बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । प्रतिनिधिसभा बैठकअघि रणनीति तय गर्न बैठक बस्न लागेको परियारले बताए ।

प्रतिनिधिसभा बैठक अपराह्न १ बजे बस्दैछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us