
काठमाण्डु ,१४ साउन- आइतबार नारायणगढ–मुग्लिङ सडक खण्ड पुन: अवरुद्ध भएको छ।
आज विहान करीब ९ बजे इच्छाकामना-६ मा पर्ने कालीखोलास्थित सडकमा लेदोसहितको पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ।
अहीले उक्त स्थानमा सडक दुईतर्फी अवरुद्ध भएको छ। सडक विभागसँग समन्यव गरी पहिरो हटाउने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ।