काठमाण्डु, १२ साउन– काठमाण्डु जिल्ला अदालतले अधिवक्ता भगवती पाण्डे ‘शितल’ विरूद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
अदालतले शुक्रबार पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । टेलिभिजन अन्तर्वार्ताका क्रममा पाण्डेले तामाङ, मगर र मुस्लिम समुदायविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै उजुरी परेको थियो ।
अन्तर्वार्तामा पाण्डेले ती समुदायमा दाजुभाई र दिदीबहिनीबीच विवाह हुने गरेको बताएकी थिइन् ।
पक्राउ पुर्जी जारी भएलगत्तै प्रहरीले पाण्डेको खोजी गरिरहेको छ ।