देउवाले असोज २ मा बोलाए काँग्रेस केन्द्रीय समिति बैठक

काठमाण्डु टुडे २०८० साउन १० गते २०:०६ मा प्रकाशित

काठमाण्डु, १० साउन– काँग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको अर्को बैठक आगामी असोज २ गतेका लागि बोलाएका छन् ।

एक सातासम्म चलेको बैठक समापन गर्दै देउवाले बुधबार अर्को बैठकको मिति घोषणा गरेका हुन् । काँग्रेस विधानमा प्रत्येक दुई महिनामा एकपटक केन्द्रीय समिति बैठक बस्नुपर्ने उल्लेख छ ।

बैठकमा महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले विधानअनुसार दुई महिनामा बस्नुपर्ने केन्द्रीय समिति बैठक अनिश्चितकालसम्म बस्न नसकेको भन्दै देउवाको आलोचना गरेका थिए ।

उनीहरुले बैठकमा पेश गरेको लिखित प्रतिवेदनमै उक्त विषय उल्लेख गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us