देवेन्द्र पौडेलको सांसदहरुलाई प्रश्नः सरकारले भ्रष्टाचारको फाइल खोल्दा सांसदहरुको टाउको किन दुखेको ?

काठमाण्डु टुडे २०८० साउन १० गते १६:३२ मा प्रकाशित

काठमाण्डु १० साउन– माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सरकारले भ्रष्टाचारको फाइल खोलेपछि दलका सांसदहरुको टाउको दुखेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभा बैठकमा बुधबार पौडेलले सरकारको जनमुखी कामले सांसदहरु आत्तिएको बताए । सय किलो सुन तस्करी प्रकरणमा एमाले र सत्तारुढ काँग्रस सांसदले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा मागेपछि पौडेलले बोलेका थिए ।

सरकारले राम्रो काम गरेकामा साथ दिनुपर्नेमा चिच्याएर अवरोध सिर्जना नगर्न आग्रह गरे । ट्रान्सपरेन्सी इन्टरनेशनल लगायतका संस्थाले नेपालको भ्रष्टाचार अवस्था र त्यस्तो अवस्थालाई सुधार गर्न सरकारले सकारात्मक काम गर्दा साथ दिनुपर्नेमा उल्टै राजीनमा मागिएको टिप्पणी उनले गरे । उनले भ्रष्टाचारमा कारबाही गर्दा साना र ठूला माछाको कुरा नहुने बताए ।

‘माछो ठूलो सानोको प्रसँग होइन । दोषीको कुरा हो । दोषीलाई कारबाही गर्दा सांसदहरू खुसी हुनुपर्ने हो नि’, उनले भने । पौडेलले सरकारले भ्रष्टाचारविरोधी अभियान अघि बढाएकामा बधाई दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us