धरानमा गोली हानी एक युवकको हत्या

काठमाण्डु टुडे २०८० साउन ५ गते २१:३५ मा प्रकाशित

विराटनगर, ५ साउन-कोशी राजमार्गको  सुनसरीको धरानको सडकखण्डमा गोली हानी विराटनगरका युवकको हत्या भएको छ ।

शुक्रबार बेलुका विराटनगर महानगरपालिका  ५  का  २८ वर्षीय रोहित चौधरीको गोलि हानी हत्या भएको प्रहरीले जनाएको छ। उनलाई  सेउती पुल नजिकै  गोली प्रहार भएको हो।

मूलघाटबाट विराटनगर जाँदै गरेका उनको दाहिने कोखमा गोली लागेको प्रहरीले जानकारी दिएको छ। उनको साथमा भएको रकम र मोबाइल पनि लुटिएको सुनसरी प्रहरीले बताएको छ ।

गोली प्राहारबाट घाइते भएका चैधरीको उपचारका क्रममा विपी प्रतिष्ठानमा मृत्यु भएको  सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले   जानकारी दिए ।

घटनाको अनुसन्धान भइरहेको उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us