
काठमाण्डु, ५ साउन- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अवैध सुन भित्र्याउने जोसुकै भए पनि कारबाही गरीने बताएका छन् ।
बुधबार साझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट करिब एक क्विन्टल सुन बरामद भएपछि शुक्रबार विमानस्थल भन्सार कार्यालय तथा अध्यागमन कार्यालयको अनुगमन गर्न पुगेका गृहमन्त्री श्रेष्ठले अवैध सुन प्रकरण जोसुकैको संलङनता भए पनि कारबाही गर्ने बताएका हुन।
अनुगमनपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले आगामी दिनमा यस्ता घटना हुन नदिन नयाँ योजना बनाउने प्रतिबद्धता पनि जनाए । उनले सुन आयात घटनाको जरैसम्म पुगेर दोषीलाई कारबाही गरिने बताए ।