काठमाण्डु, ५ साउन- जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा रहेकी एक जाना थुनुवा महिला मृत फेला परेकी छन।
उनी हिरासत कक्षको शौचालयमा झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन । चक्रघटा गाउँपालिका ८ की अन्दाजी ४० वर्षिया हजरत खातुन झुण्डिएको अवस्थामा भेटिएङ्की सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र थारु पजियारले बताएका छन।
प्रहरीका अनुसार खातुन राति १० बजे शौचालय गर्न जाँदा शौचालको ढोकामा कपडाले पासो लागेपछि सिकिस्त अवस्था प्रहरीले उद्धार गरी प्रादेशिक अस्पताल मलंगवा पठाएको थियो ।
उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। उनलाई साउन १ गते नेपाल भारत सीमा क्षेत्र मलंगवा नगरपालिका ८ झिलमिलियामाईबाट सशस्त्र प्रहरीले पाँच लाख ४ हजार नगद, १८७.७७ ग्राम चादी र ७.०७ सुन सहित दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
उनको मृत्युकाबारे थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।