बिहारमा चट्याङ लागेर दश जनाको मृत्यु

काठमाण्डु टुडे २०८० असार २९ गते २१:४१ मा प्रकाशित

एजेन्सी -भारतको  पूर्वी राज्य बिहारमा चट्याङ लागेर दश जनाको मृत्यु भएको छ ।

चट्याङ लागेर ज्यान गुमाउनेमा अधिकांश खेतमा काम गर्ने किसान रहेको अधिकारीहरुले बताएका छन् ।

गत साता राज्यमा चट्याङ र वर्षासँग सम्बन्धित घटनामा १२ जनाको मृत्यु भएको थियो भने कैयौँ घाइते भएका थिए ।

प्रत्येक वर्ष मनसुन सुरु भएसँगै भारतमा चट्याङ लागेर सयौँको मृत्यु हुने गरेको छ ।

सन् २०२२ मा भारतभर चट्याङका कारण नौ सय सात जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us