
काठमाण्डु,२६ असार- विराटनगरमा साइकल चालकमाथि मुक्का हान्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
पकैउ पर्नेमा १९ वर्षीय आयुष भेटवा रहेका छन। उनलाई प्रहरीले गत बिहीबार नै पक्राउ गरेको थियो।उनले विराटनगर महानगरपालिका ६ का २७ वर्षीय पवन साहलाई मुक्का प्रहार गरेका थिए। घटना असार १९ गते साँझको भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।गत बुधबार राति साढे ८ बजे विराटनगर महानगरपालिका ४ दुधफार्मस्थित कोशी राजमार्गमा आयुषसहित ३ जना बा १५ च ३४४५ नम्बरको कारमा सवार थिए।
कारमा १८ वर्षीय कुशल भेटुवाल र तेह्रथुमका ३० वर्षीय रोशन कार्की पनि थिए। राजमार्गमा विपरीत दिशाबाट साइकल चालकले नहेरी बाटो काटेको झ्वाँकमा विराटनगरका आयुष भेटवालले मुक्काले हानेर लडाएपछि सडकमा दुवै खुट्टा समातेर तानेका थिए ।
मुक्का प्रहारपछि साह बेहोस भएका थिए। बेहोस भएका साहलाई आयुषले सडकमा केही परसम्म घिसारेको सिसीक्यामेरा फुटेजमा देखिएको थियो। उक्त घटनाको फुटेज सामाजिक सञ्जालमा भाइरल छ।पक्राउ परेका आयुषमाथि ज्यान मार्ने उद्योगमा म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
अन्य दुई जनाको खोजी भइरहेको छ।प्रहरीले बाटो काट्दा नहेरी बाटो काटेको रिसमा आयुषले बाटो काट्ने साइकलमा सवार विराटनगर ४ का पवन साहालाई कुटपिट गरेको जनाएको छ ।प्रहरी नायब उपरीक्षक रञ्जन दाहालका अनुसार ‘उनीहरूबीच चिनजान केही पनि थिएन। साह कामबाट फर्किरहेका थिए। गलत दिशाबाट साइकल चलाएर आएको देखेपछि गाडी रोकेर आयुषले दौडिएर मुक्का हानेको देखिन्छ,’ उनले भने,
‘साह लडिसकेपछि पनि सडकमा केही परसम्म घिसारेर अमानवीय काम गरेको देखिएपछि हामीले ज्यानमार्ने उद्योगअन्तर्गत मुद्दा चलाएका छौं।’यो घटनामा संलग्न रहेका एक जनालाई पक्राउ गरिएको छ भने अरू २ जनाको खोजी भइरहेको छ।