
काठमाण्डु ,२५ असार- संसदको अवरोध खुलाउन नेकपा एमाले सकारात्मक भएको छ ।
संसद् अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच आज सिंहदरबारमा छलफल भएको थियो।
छलफलमा अवरोध खुलाउन एमाले सकारात्मक भएको नेताहरुले बताएका छन् ।बैठकपछि बाहिरिएका प्रधानमन्त्री प्रचण्डले आफू संसदमा सम्बोधन गर्न जान लागेको प्रतिक्रिया दिए ।
एमाले अध्यक्ष ओलीले भने पार्लियामेन्टमा थाहा हुने भन्दै बैठकबाट बाहिरिएका थिए।सत्तारुढ दलका एक सांसदका अनुसार प्रधानमन्त्रीले सम्बोधन गरेपछि संसदको अवरोध हटाउन एमाले तयार भएको छ ।प्रतिनिधि सभाको बैठक आज दिउँसो तीन बजे बस्दै छ ।