अदालतद्वारा हर्क साम्पाङविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार

काठमाण्डु टुडे २०८० असार २० गते १९:२३ मा प्रकाशित

काठमाण्डु, २० असार– उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकाका का मेयर हर्क साम्पाङविरुद्ध दर्ता रिटमा अन्तिरिम आदेश दिन अस्वीकार गरेको छ ।

धरान खानेपानी बोर्डको सञ्चालन व्यवस्थति र कानूनअनुसार नभएको उच्च अदालतमा रिट दायर भएको थियो । मेयर साम्पाङ धरान खानेपानप्ी बोर्डका अध्यक्षसमेत हुन् ।

साम्पाङ र बोर्ड सचिव राजु पोखरेलविरूद्ध अन्तरिम आदेशको माग गर्दै बोर्डका सदस्य विजय श्रेष्ठले २६ जेठमा रिट निवेदन दर्ता गरेका थिए ।

रिटमाथि सुनुवाई गर्दै न्यायाधीशद्वय कृष्णकमल अधिकारी र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

रिट निवेदनकले विगत एक वर्षदेखि बोर्ड बैठक नराखी विभिन्न कार्य गरेको, आर्थिक पारदर्शिता उल्लंघन गरेको, बोर्डका अरु सदस्यलाई जानकारी नै नदिई एकलौटी काम गर्ने गरेको जस्ता आरोप लगाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us