
काठमाण्डु, १८ असार– सरकारले संघीय शिक्षा ऐन छिट्टै संसदमा प्रस्तुत गर्ने भएको छ ।
गिरिजाप्रसाद कोइरालाको जन्मशताब्दीका अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ऐन मन्त्रिपरिषदको समितिमा छलफलका क्रममा रहेको र छिट्टै संसदमा पेश गर्ने तयारीमा सरकार रहेको बताए ।
‘मन्त्रिपरिषदकै समितिमा छलफलमा रहेको संघीय शिक्षा ऐन केही दिनभित्रै सदनमा प्रस्तुत गरिन्छ,’ प्रधानमन्त्रीले भने । संघीय शिक्षा ऐन आएपछि नयाँ शिक्षा नीतिका लागि मार्गदर्शन हुने उनको भनाइ थियो ।
प्रचण्डले विश्वविद्यालय ऐनको समेत आवश्यकता महसुस भएकाले तयारी अघि बढेको जानकारी दिए । उनले जिपी कोइराला मेमोरियल कलेजलाई विश्वविद्यालय बनाउने प्रस्ताव आएको भन्दै आफू त्यसका लागि तयार रहेको प्रतिबद्धता जनाए ।