साउदी अरबस्थित अमेरिकी दूतावासमा गोली चल्यो, एक नेपाली सुरक्षा गार्डको मृत्यु

काठमाण्डु टुडे २०८० असार १४ गते ९:४५ मा प्रकाशित

साउदी– साउदी अरबको जेद्दास्थित अमेरिकी महावाणिज्य दूतावासमा गोली चल्दा नेपाली सुरक्षागार्डको मृत्यु भएको छ ।

बन्दुकधारीसँगको दोहोरो गोली हानाहानमा गम्भीर घाइते नेपाली सुरक्षागार्डको उपचारका क्रममा मृत्यु भएको हो ।

बुधबार दूतावास भवननजिकै एक व्यक्तिले कार रोकेर बन्दुकधारीले गोली चलाएको अलजजिराले जनाएको छ ।

सुरक्षागार्ड हरुले गरेको जवाफी कारबाहीमा ती बन्दुधकारी मारिएका थिए । साउदी प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाइएको जनाएको छ ।

मृतक नेपाली सुरक्षा गार्डको परिचय खुल्न सकेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us