मेयर शाह विरुद्ध अवहेलनाको उजुरी

काठमाण्डु टुडे २०८० असार १० गते १३:४१ मा प्रकाशित

काठमाण्डु, १० असार- काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाहपरिुध सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ ।

अधिवक्ता वर्षाकुमारी झाले मेयर शाहले अदालतको अवहेलना गरेको भन्दैउनी विरुद्ध अदालतको अवहेलनामा कारवाही हुनुपर्छ भनी निवेदन पेश गरेकी हुन् ।उनले पेश गरेको निवेदन न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा पेशी तोकिएको छ ।

इजलासले आवश्यक ठानेर निवेदन अघि बढाएमा मात्रै त्यसले मुद्दाको रुप लिनेछ ।केही दिनअघि मेयर शाहले भारतीय चलचित्रलाई नेपाली हलमा चलाउने नदिने भन्ने आफ्नो निर्णय विरुद्ध अन्तरिम आदेश दिएको उच्च अदालतको आलोचना गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us