
काठमाण्डु ,१० असार- गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरीभित्रको सरुवा बढुवामा पूर्व गृहमन्त्री रवि लामिछानेले मापदण्ड बनाएर दवाव र चलखेललाई रोक्ने काम गरेको भन्दै प्रशंसा गरेका छन् ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा मन्त्री आफू भन्दा अगाडिका गृहमन्त्रीले संगठनभित्र दवावको आधारमा पदोन्नती हुने, अवान्छित आर्थिक चलखेलका आधारमा पदोन्नती र सरुवाका कामहरु हुने भन्ने कुरालाई पूरै निषेध गर्ने गरी कदम चालेकोमा धन्यवाद समेत दिए ।
म भन्दा ठीक अगाडि गृहमन्त्रालयको कार्यभार सम्हाल्नुभएका माननीय सदस्यलाई पनि धन्यवाद दिन चाहन्छु । मैले बुझे अनुसार पदस्थापन र सरुवाजस्ता विषयहरुमा उहाँले पनि एउटा निश्चित मापदण्डका आधारमा काम अगाडि बढाउने दवाव र चलखेललाई भूमिका खेल्न नदिने स्थिति कायम गर्नुभएको थियो ।
सहिलाई सहि भन्नुपर्छ हामीले उहाँले त्यो संस्कृति देखाउनुभएको थियो । त्यसका निम्ति म उहाँलाई धन्यवाद दिन चाहन्छु ।’ उनले भने।