सांसद महतोको प्रश्न- किसानले मल र विद्यार्थीले पुस्तक समयमै पाउँदैनन्, सरकार कहाँ छ?

काठमाण्डु टुडे २०८० असार ६ गते १३:५३ मा प्रकाशित

काठमाण्डु ,६ असार नेकपा- (एमाले) की सांसद जुलीकुमारी महतोले किसानलाई मल र विद्यार्थीहरुलाई पाठ्यपुस्तक तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेकी छन् ।

बुधबार प्रतिनिधिसभाको दोस्रो बैठकको शून्य समयमा बोल्दै उनले नयाँ शैक्षिक सत्र सुरू भइसक्दा पनि विद्यार्थीले पाठ्यपुस्तक नपाउने तथा रोपाइ सुरू भइसक्दा पनि किसानले मल नपाउनुले सरकार कहाँ छ भन्ने प्रश्न खडा भएको बताइन्।

सांसद महतोले विभिन्न रोगव्याधिहरु फैल्ने अवस्था आएकाले त्यसको नियन्त्रणका लागि आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराए । नयाँ शैक्षिक सत्र सूरु भयो ।

विद्यार्थीलाई पुस्तक छैन । किसानको रोपाई सुरु भयो । मल छैन । महंगीले ढाड सेक्यो, नागरिकलाई बाँच्ने आधार छैन । हत्या, हिंसाले त्रास बढाएको छ । न्याय पाउने आश छैन ।

रोजगारीका लागि विदेश जानुपर्ने राज्यले नसोच्ने । सरकार कहाँ छरु’ उनले भनिन्। ’सांसद महतोले युवाहरु रोजगारीका लागि विदेशिने क्रम बढदा पनि सरकारले उनीहरुलाई स्वेदशमै रोजगारीको अवसर दिने कुरामा कुनै सोचाई नराखेको भन्दै आक्रोश व्यक्त गरीन।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us