सांसद अमरेशकुमारको प्रश्न- रवि लामिछानेको मुद्दा एकै दिनमा फैसला हुने अरूको वर्षौँ लाग्ने ?

काठमाण्डु टुडे २०८० असार ६ गते १३:४० मा प्रकाशित

काठमाण्डु, ६ असार- प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले नागरिकताको समस्या समाधान गर्न सरकारसँग माग गरेका छन्।

बप्रतिनिधि सभाको बैठकमा बोल्दै सिंहले नागरिकता पाउनुपर्ने माग गर्दै काठमाण्डुको माइतीघर मण्डलामा धर्नामा बसिरहेका नागरिकहरूमाथि प्रहरीले दमन गरेकोमा निन्दा र भर्त्सनासमेत गरेका छन।

’केही दिनदेखि नागरिकता नपाएका जन्मसिद्धका छोराछोरी माइतीघर मण्डलामा धर्नामा बसेका छन्। प्रतिनिधिसभा सदस्य रामकुमार शर्मा पनि उनीहरूसँग आमरण अनशनमा बस्नुभएको थियो । उहाँलाई अहिले वीर अस्पतालमा भर्ना गरिएको छ।२०७२ मा संविधान जारी भएपछि तुरुन्तै नागरिकताको कानुन बनाउनुपर्थ्यो ।

तर, हाम्रा राजनीतिक दल र तत्कालीन सरकार त्यसमा चुकेका छन्। अहिले नागरिकता पीडितसँग सरकार न्यायोचित व्यवहार गर्न सकिरहेको छैन । हिजो उनीहरूमाथि प्रहरीले जुन व्यवहार गर्योा, त्यसको म भर्त्सना गर्छु ।

कुनै पनि नागरिकमाथि प्रहरी दमन नहोस् ।हामी अदालतको पनि ध्यान आकृष्ट गर्न चाहन्छु । उनले सर्वोच्च अदालतमाथि पनि प्रश्न उठाए।उनले भने, ‘त्यसबारे अदालतको पनि ध्यान आकृष्ट गर्न चाहन्छु। रवि लामिछानेको मुद्दा एकै दिनमा फैसला हुने तर अरूको मुद्दामा वर्षौँ लाग्ने?

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us