नवलपरासीमा चट्याङ्ग लागेर एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८० असार ६ गते १२:४२ मा प्रकाशित

काठमाण्डु,६ असार- नवलपरासीको भटुकेमा चट्याङ्ग लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्युहुनेमा नवलपरासी९बर्दघाट सुस्तापूर्व०को विनयी त्रिवेणी गाउँपालिका–१ का ५७ वर्षीय छविलाल सारु रहेका छन। उनलाइ बुधबार बिहान साढे ६ बजे खेतमा काम गर्ने क्रममा चट्याङ्ग लागेको थियो ।

चट्याङ्ग लागेर घाइते भएका उनलाई घर ल्याउने क्रममा मृत्यु भएको प्रहरीले बताएको छ। सारु श्रीमतिसँगै खेतमा काम गर्दै थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us