ताप्लेजुङमा श्रीमानले दाउराको चिर्पट प्रहार गरी श्रीमतीको हत्या

काठमाण्डु टुडे २०८० असार ६ गते १२:१६ मा प्रकाशित

काठमाण्डु, ६ असार- ताप्लेजुङमा आफनै श्रीमानले दाउराको चिर्पट प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

जील्लाको सिरिजङ्घा गाउँपालिका–३ सिकैचाका लक्ष्मण चाम्लिङ राईले ३१ वर्षीया श्रीमती निशा राईको टाउकामा चिर्पट प्रहार गरी हत्या गरेका हुन। निशाको मङ्गलबार साँझ घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरीले बताएको छ।

प्रहरीका अनुसार मापसे गरेका राईले घरमा आएर श्रीमतीसँग झगडा गरेका थिए । झगडाकै क्रममा चिर्पट प्रहार गरेको खुलेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी चौकी काँडेभञ्ज्याङबाट प्रहरी टोली पुगेको छ ।

लक्ष्मणलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us