
काठमाण्डु, ४ असार- समाजवादी मोर्चा घोषणाको समय सरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वी पहाडको बाढी पहिरोग्रस्त क्षेत्रमा गएपछि दिउँसो ३ बजेलाई तय भएको मोर्चाको घोषणा अपराह्न ४ बजेलाई सरेको हो।
प्रधानमन्त्री प्रचण्डका प्रेस विज्ञ मनहरि तिमिल्सिनाका अनुसार प्रधानमन्त्री प्रचण्ड केही समय अघि पूर्वी पहाडी क्षेत्रको बाढी, पहिराले पुर्याडएको क्षति र त्यहाँको वस्तुस्थिति बुझन् जानुभएको उनले जानकारी दिए।
आज अपराह्न माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले समाजवादी मोर्चा घोषणा गर्दैछन्।