प्रतिनिधिसभा बैठक बस्दै , आज पाँच वटा मन्त्रालयमाथि छलफल हुने

काठमाण्डु टुडे २०८० असार ४ गते ९:०८ मा प्रकाशित

काठमाण्डु ,४असार-प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ।

बैठक संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्न लागेको हो। आजको बैठकमा पनि विनियोजन विधेयकमाथिको छलफल जारी रहेन संसद् सचिवालयले जानकारी दिएको छ।

सोमबारको बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरूले धारणा राख्नेछन्।

आज सञ्चार तथा सूचना प्रविधि, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको खर्च शीर्षकमाथि छलफल हुने संसद सचिवालयले बताएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us