सांसदमा ठाकुर गैरेको प्रश्न: भारत सुगौली सन्धिबाट पछि हटेको हो ?

काठमाण्डु टुडे २०८० असार ३ गते १२:२७ मा प्रकाशित

काठमाण्डु, ३ असार- नेकपा एमालेका सांसद ठाकुर गैरेले भारत सुगौली सन्धिबाट पछि हटेको हो भन्दै सरकारलाई प्रश्न गरेका छन् ।

आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै गैरेले सरकारलाई त्यसबारे ध्यानाकर्षण गराउँदै नेपाल आफ्नो रक्षाको लागि जस्तोसुकै मूल्य चुकाउन तयार रहनुपर्ने बताएका छन ।

‘नेपालमा जन्मेका गौतम बुद्धलाई भारतमा जन्मेको हुन् भनेर गलत प्रचार गर्ने भारत, अहिले कपिलवस्तु र लुम्बिनीलाई सदनमा नक्सांकन गरेर गलत प्रचार भइरहेको छ’, सांसद गैरेले भने, ‘अहिले आदिपुरुष सिनेमाको नाममा सीता भारतको छोरी हुन् भन्ने अर्को भ्रमपूर्ण समाचार प्रवाह हुनुको साथै त्यसका लेखकले नेपाल भारतकै अङ्ग हो भनेर गलत अभिव्यक्ति दिइसकेका छन् ।

नेपाल सरकार के गर्दैछ ? के भारत सुगौली सन्धिबाट पछि हटेको हो’?, गैरेले प्रश्न गरेका छन।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us