कैलालीका सिडिओ सवार गाडी दुर्घटना

काठमाण्डु टुडे २०८० असार ३ गते ११:३९ मा प्रकाशित

काठमाण्डु, ३ असार- कैलालीका प्रमुख जिल्ला अधिकारी सवार गाडी दुर्घटनामा परेको छ ।

प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल सवार से १ झ २६० नम्बरको गाडी आइतबार बिहान धनगढीबाट नेपालगन्ज जाने क्रममा बर्दियाको बबइमा दुर्घटनामा परेको हो ।

प्रजिअ कट्टेल सवार सरकारी गाडी मिनी ट्रकमा ठोक्किएको थीयो । दुर्घटनामा गाडीको अगाडिको भागमा क्षति भएको तरआफू सकुशल रहेको प्रजिअ कट्टेलले जानकारी दिए ।

प्रजिअ कट्टेल अन्तर जिल्ला बैठकमा सहभागी हुन नेपालगन्जतर्फ जाँदै गर्दा दुर्घटनामा परेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us