
काठमाण्डु, ३ असार– जल तथा मौसम विधान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले कोशी र गण्डकी प्रदेशमा आज भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
महाशाखाले कोशी र गण्डकी प्रदेशका एक÷दुई बाहेक अन्य स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । गत चौबीस घण्टामा ताप्लेजुङको दोभान ५५।२ मिलिमिटर वर्षात भएको छ ।
अन्य प्रदेशमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । नेपालमा गत १४ जेनमा मनसुन भित्रिएको थियो । गएराति कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा भएको थियो ।
कोशी, गण्डकी, मधेश र बागमती प्रदेशमा मनसुन सक्रिय छ भने क्रमशः पश्चिमतर्फ सर्ने क्रममा छ ।