
काठमाण्डु,२ असार– कांग्रेस नेता केदार मानन्धर एमालेमा प्रवेश गरेका छन । आज शनिबार एमाले केन्द्रीय कार्यलय च्यासलमा भएको पार्टी प्रवेश कार्यक्रममा सहकारी अभियन्ता समेत रहेका मानन्धर एमाले प्रवेश गरेका हुन ।
मानन्धरलाई पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरे । मानन्धरको तीन दशक भन्दा लामो राजनीतिक इतिहास रहेको बताइएको छ । उनी नागार्जुन नगरपालिकाका स्थायी बासिन्दा हुन ।
आन्तरिक विवादले २०४७ र २०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेले गुमाएको नागार्जुन नगरपालिकामा भोलिका नेतृत्वका लागि मानन्धर प्रवेश गरेको बुझिएको छ ।
साझा चरित्रको संस्थाहरूमा लामो समय काम गरेका कारण मानन्धर कांग्रेस नेता भन्दा बढी समाजसेवीका रूपमा परिचित रहेका छन ।