मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८० असार २ गते १७:३१ मा प्रकाशित

पर्वत,२ असार– पर्वतमा बसले मोटरसाइकललाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार म्याग्दी बेनी नगरपालिका–९ बस्ने २० वर्षीया सुशिला श्रेष्ठ रहेका छन ।

पर्वतको जलजला गाउँपालिका–८ फर्सेस्थित सडकमा ग । १ ख ५६५७ नम्बरको बस र ग।१३ प ६४५६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार बिहान दुर्घटना भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

दुर्घटना हुदाँ मोटरसाइकलमा सवार श्रेष्ठको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी उनको धौलागिरी अञ्चल अस्पताल बागलुङ हुँदै ग्रेन्डी अस्पताल काठमाण्डुमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us