
काठमाण्डु,२ असार– पूर्व प्रधामन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले ७० वर्षको उमेर हद उपयोगी नभएको दाबी गरेका छन ।
उनले ७० वर्ष पुगेकै आधारमा पार्टीमा काम गर्न नपाउने र पार्टी छोड्नुपर्ने अवस्था उपयुक्त नभएकाले हटाएको बताएका छन । आज शनिबार अखिल नेपाल महिला संघ, बागमती प्रदेश कमिटीले च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।
ओलीले चीन र साइप्रसमा पनि विगतमा उमेर हद राखेको र पछि हटाएको उदारण दिएका छन । एमालेले २०६५ सालमा ७० वर्ष पूरा भएकाहरुले पार्टी कमिटीमा बस्न नपाउने निर्णय गरेको थियो ।
तर १९ जेठमा बसेको एमाले सचिवालय बैठकले उक्त व्यवस्था निलम्बन गरेको थियो । ओलीले यो निर्णयको विरोध गर्नुभन्दा ७० वर्ष पुगेकाहरुलाई पराजित गरेर अघि बढ्न युवाहरुलाई चुनौती दिएका छन ।