
काठमाण्डु,२ असार– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका कार्यकर्ताले आफूलाई सामाजिक सञ्जालमा सुनै सुनको बनाइदिएको आरोप लगाएका छन ।
आज (शनिबार) काठमाण्डुमा भएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । संसद् बैठकमा माओवादी सांसदले पशुपतिको सुनको जलहरीलाई पित्तल भनेको र सो दलका कार्यकर्ताले भने सामाजिक सञ्जालमा आफूलाई सुनै सुनको बनाइदिएको उनले बताएका छन ।
उनले यो कुनै राजनीति नभई जनता भड्काउने काम भएको टिप्पणी गरेका छन । उनले एमालेमा लागेका सबैको उद्देश्य सुखी नेपाल र समृद्ध नेपाल रहेको बताएका छन ।