
काठमाण्डु,२ असार– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो ५६ वर्षको राजनीतिक जिवनमा कुनै कुरा झुटो नबोलेको बताएका छन ।
आज (शनिबार) काठमाण्डुमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो दावी गरेका हुन । उनले विपक्षीहरुमाथि एमालेले लगाएको आरोपपनि सही आरोपमात्र रहेको बताएका छन ।
उनले एमालेले सहि आरोप लगाउँदा विपक्षीहरुलाई भने रिस उठ्ने गरेको बताएका छन ।