कांग्रेसका दुई चार जनाबाहेक अरु एमाले हुन सक्छन्: केपी ओली

काठमाण्डु टुडे २०८० असार २ गते १५:०१ मा प्रकाशित

काठमाण्डु,२ असार– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालीका कांग्रेसका दुई चार जना नेता बाहेक अरु एमाले हुन सक्ने दाबी गरेका छन ।

आज (शनिवार) काठमाण्डुमा भएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन । उनले एमालेलाई राम्रो बनाउने हो भने कांग्रेसमा दुई चार जना मात्र रहने बताएका छन ।

उनले भने–‘अत्यन्त सक्रियताका साथ, अत्यन्तै निष्ठा र सक्रियताका साथ केदारजी कांग्रेसमा काम गर्नुभएको व्यक्ति हो ।

उहाँजस्ता अध्यध्ययनशील मान्छे नेपाली कांग्रेस छोडेर एमालेमा प्रवेश गर्नुभएको छ भने अरु दुई चार जनाबाहेक अरु एमाले हुन सक्छन्, त्यसका लागि एमालेले प्रयास गर्नुपर्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us