जिपको ठक्करबाट घाइते भएका युवकको मृत्यु

काठमाण्डु टुडे २०८० असार २ गते १४:२९ मा प्रकाशित

काठमाण्डु,२ असार– कैलालीमा जिपको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा डोटीको शिखर नगरपालिका–९ बस्ने ३५ वर्षीय राजेन्द्रसिंह खड्का रहेका छन ।

बिहीबार राति पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका–४ खैरेनामा प्रदेश ३–०१–०२४च ५१४८ नम्बरको जिपले से३प ८९२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा घाइते भएका युवकको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

छाती र मुखमा गम्भीर चोट लागेका उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा शनिबार राति मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

खड्का सवार मोटरसाइकललाई ठक्कर दिने जिप र चालक गोदावरी नगरपालिका–१ का ४२ वर्षीय झलक ऐडीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us